आँखामा पसेर मेरो मुटुमा बसेछौ
मेरो अोठको बोली बनी तिमी गुन्जिरहेछौ
कल्पना सपनामा तिमी नै छौ
शायद यो मुटुले तिमीलाई नै खोजेको छ
एउटा जीवनसाथी तिमीलाई नै रोजेको छ
कल्पना सपनामा तिमी नै छौ
तिमी बिना उज्ज्यलो पनि अन्धकारझै लाग्छ
जुन पनि रोएर आशु झारे झै लाग्छ
बर्षौ लामो यो जीवन क्षणमै रित्तियेझै लाग्छ, रित्तियेझै लाग्छ
तिम्रा आशु पुछेर मेरो हासो दिउला
मागी हेर तिम्रो निम्ती जीवननै दिउला
आत्मामा तिमी सधैं बाचिरहनेछौ
मेरो मुटुको धडकन बनी धडकिरहनेछौ
कल्पना सपनामा तिमी नै छौ
कल्पना सपनामा तिमी नै छौ
No comments:
Post a Comment